Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय खुल्दा तराई मधेसका केटाकेटी दंग !

शनिबार, ०५ मंसिर २०७२

काठमाडौँ, ५ मंसिर । विगत ३ महिनाभन्दा बढी समयदेखि सप्तरीसहित मधेसका जिल्लाहरमा बन्द रहेका शिक्षण संस्थाहरु शुक्रबारदेखि सञ्चालमा आउँदा विद्यार्थीहरु दंग परेका छन् ।  विद्यालय खुल्छ भने आस राखेपनि एक्कासी आन्दालनरत पक्षले विद्यालय खोल्ने निर्णय गर्दा उनीहरु दंग परेका हुन् । मधेसी मोर्चाको बन्दका कारण विद्यालय, कलेजलगायतको पढाई ठप्प हुदा विद्यार्थी निकै नै चिन्तित बनेका थिए ।

मोर्चाले पठनपाठन शुचारु गर्नका लागी लिएको निर्णयप्रति आफुहरु अत्यन्तै खुसी भएको कक्षा १० मा अध्ययनरत पिंकी भगले बताइन् ।  आन्दोलनले गर्दा विद्यालयसमेत लामो समयदेखि बन्द रहँदा आफुहरुको भविष्य नै अन्योलमा पर्ने हो की भनेर चिन्तित रहेकामा अब त्यो चिन्ता हटेर गएको उनले बताइन् । 

यस्तै अर्का विद्यार्थी अभिषेक मण्डलले एसएलसी परिक्षा मुखैमा आउन लाग्दा विद्यालय नखुलेपछि यो बर्षको पढाई स्थागित हुने डर अब सकिएको बताए ।  यस्तै विद्यालयका प्रधानाध्यापक गंगाराम शाहले विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर मधेसी लिएको निर्णय सकारात्मक र शिक्षाप्रतिको समर्पण भएको दाबी गरे । 

 

(आजको नेपाल समाचारपत्रको पृष्ठ ६ मा शिवहरिप्रसाद भट्टराईले समाचार लेखेका छन्।) 

प्रतिक्रिया