Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सामुदायिक वनद्धारा विद्यालयलाई सहयोग 

शुक्रबार, ०४ मंसिर २०७२

काठमाडौँ, ४ मङ्सिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ सिसैयामा रहेको वृन्दावन सामुदायिक वनले आफ्नो स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ ।  वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक वनले दुईवटा विद्यालयको भौतिक निर्माण र फर्निचर निर्माणका लागि खर्च जुटाउने कार्य गर्दै आएको छ । 

असीग्राम माध्यमिक विद्यालय र मङ्गल प्राथमिक विद्यालयलाई रु ३५ हजारका दरले प्रतिरकम प्रदान गर्ने व्यवस्था मिलाइएको सामुदायिक वनका पूर्व सचिव तेजबहादुर सुनारले बताए ।  सामुदायिक वनले प्रदान गर्दै आएको रकमबाट फर्निचर निर्माण र भौतिक पूर्वाधारमा लगानी गरिँदै आएको असीग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर ऐरले बताए । 

सामुदायिक वनले रकम दिन थालेपछि विद्यालयमा फर्निचरको अभाव पूर्ति हुँदै आएको छ उनले भने – “विद्यालयको आर्थिक अवस्था निकै दयनीय भएकाले सामुदायिक वनले रकम प्रदान गर्दा पठनपाठनका सघाउ पुगेको छ ।”   रकमसँगै दुवै विद्यालयलाई ५० क्यूविक फुट बढी सालको काठ समेत फर्निचर निर्माणका लागि सामुदायिक वनले उपलब्ध गराएको जनाएको छ । 

गत आवदेखि विद्यालयलाई सामुदायिक वनले रकम उपलब्ध गराउने व्यवस्था गरेको हो । सामुदायिक वनभित्र वर्षभरि एकनासको पानी रहने एकवटा र वर्षाको पानीले भरिने दुईवटा गरी तीनवटा प्राकृतिक ताल रहेका छन् । 

(रासस)

 

प्रतिक्रिया