Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

अक्षरारम्भको दिन, विद्यालयहरुमा पुजा अर्चना

विहीबार, १६ माघ २०७६

काठमाडौं - विद्याकी देवीका रुपमा हिन्दु धर्मावलम्बीहरुले सरस्वतीको पुजा अर्चना गर्दै श्रीपञ्चमी मनाईरहेका छन् । विद्यालयहरुमा शिक्षक तथा विद्यार्थीले पुजा अर्चना गर्दै विद्याको कामना गरिरहेका छन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी देखि नै वसन्त ऋतुको शुरुवात हुन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा सहित लेखपढ गर्न सिकाए राम्रो विद्या आउने हिन्दुहरुमा जनविश्वास छ ।

साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले सरस्वतीलाई विद्या र सिर्जनाकी देवीका रुपमा सरस्वतीको पूजाराधना गर्छन् । उनीहरुले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई र तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने गर्छन् । सरस्वतीका मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो जारी छ ।

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ भए सँगै अब वन ढकमक्क हुने क्रम शुरु हन्छ ।

निजी विद्यालयहरुले अभिभावक र विद्यार्थी आर्कर्षित गर्न आजका दिन विभिन्न कार्यक्रम आयोजना गर्छन् । आज भर्ना हुनेहरुलाई भारी छुट दिने उनीहरुले घोषणा गरेका छन् ।

फाईल तस्विर

प्रतिक्रिया