Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यालयहरु खोल्न दिने मधेसी मोर्चाको निर्णय

विहीबार, ०३ मंसिर २०७२

काठमाडौं - आन्दोलनरत मधेसी दलहरुले झण्डै ३ महिना देखि बन्द तराई क्षेत्रका विद्यालयहरु खोल्न दिने भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बिहीबार बसेको बैठकले बन्द विद्यालयमा पठन पाठन गर्न दिने निर्णय गरेको हो । 'विद्यालय क्याम्पसहरुलाई विहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठन पाठन सुचारु गर्ने' मोर्चाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका नाममा लामो समय पठन पाठन रोक्दा विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै चौतर्फि विरोध भएको थियो । पठन पाठन ठप्प भएको विरोधमा राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा ब्यापक दवाव परेको थियो ।

मधेशी नेताको नरम आवाजको संकेत, बन्द विद्यालय चाँडै खुल्दै !

पढ्न पनि नदिने नेता ज्यू ?

यसैगरी मोर्चाले विरामीको स्वास्थ्य उपचारलाई गम्भिरतापूर्वक लिई मानवीयतको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आफूहरुले उठाएका मुद्धाहरुलाई समबाधेनन गर्न सरकार एवं अन्य तीन राजनीतिक दल नेपाली काँग्रेस, एकिकृत माओवादी र एमाले गम्भिर नभएको भन्दै मोर्चाले आन्दोलन अझै सशक्m बनाउने निर्णय गरेको जनाएको छ । यस्तै सीमा नाका र राजमार्ग अबरुद्ध गर्ने उसको निर्णय छ ।

आन्दोलन जारी भएको संयौं दिनको अवसरमा मंसिर ७ गते ५ मिनेट सम्म मौन धारण गर्ने पनि निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७२ मंसिर ३ गते

प्रतिक्रिया