काठमाडौँ, ३ मंसिर । बैशाख १२ को भूकम्पले ध्वस्त गोरखा ताप्लेस्थित महालक्ष्मी उच्चमाविको १२ कोठे पक्की भवन शिलान्यास भएको छ। विकासका लागी ऐक्यबद्धता (एसओडी नेपाल) को १ करोड सहयोगमा भवन बन्न लागेको हो । सहायक जिल्ला शिक्षा अधिकारी हेम आचार्य र संस्था अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठले भवन सयुँक्त रुपमा शिलान्यास गरेको प्राचार्य रहमतुल्ला मियाँले बताए ।
भवन निर्माणमा विद्यालयले २० लाख जनश्रमदानबाट जुटाउने छ । इन्जिनियरिङ र डिजाइन विद्यालय आफ्नै खर्चमा गरेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए । यसैगरी ताप्लेजुङमा जेठ २९ गते गएको पहिरोबाट प्रभावित ८ विद्यालयलाई अमेरिकामा बस्ने नेपालीबाट संकलित रकम बाडिएको छ । ६ लाख रुपैँया बुधबार फुङलिङमा वितरण गरिएको हो ।
पञ्चेश्वरी मावि लिवाङ १ लाख, सुर्के मावि थुकीमा १ लाख, सिंहदेवी निमावि सान्थाक्रा १ लाख , राष्ट्रिय मावि पेदाङ १ लाख रुपैँया उपलब्ध गराइएको हो ।
(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)
प्रतिक्रिया