Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

घुस मागेको आरोप र खण्डन

विहीबार, २४ पुस २०७६

काठमाडौं २४ पुस / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी माथि मेडिकल कलेज सञ्चालकले २० करोड घुस मागेको आरोप लगाएको विषयले सञ्चार माध्याममा स्थान पाएको छ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको गम्भीर आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलन गरेर उनले भनेका कुरालाई नागरिकले गिरीमाथि २० करोड घुस मागेको आरोप शिर्षकमा छापेको छ ।

तर गिरीले उक्त आरोपको खण्डन गरेका छन् । प्रसाईँले आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै उनले आरोप पुष्टि गर्न चेतावनी समेत दिएका छन्। मंसिर १५ मा द्धारिका होटलमा प्रसाईंसँग भेट नभएको समेत दाबी गरेका छन्। उपाध्यक्ष गिरीले कपोकल्पित आरोप लगाएर आफ्नो मानहानी गरको बताउँदै कानुनी उपचार खोज्ने समेत बताए।

मंसिर १५ मा द्धारिका होटलमा उपाध्यक्ष गिरीसँग भएको भेटेमा सम्बन्धनका लागि नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागेको प्रसाईँको भनाइ छ। एक करोडसम्म भए विचार गर्न सकिन्छ तर यत्रो पैसा यतायता गर्न सकिँदैन भनेर जवाफ दिएको प्रसाईंले बताए।

‘उपाध्यक्ष गिरीले पैसा नदिने भए झापामा रहेका आफ्नो सम्धीको नाममा १० प्रतिशत सेयर पास गरिदिन आग्रह गरे,’ पत्रकारसँग उनले भने। उनले घुस मागेको होइन भनेर आफ्नोसामु आएर भन्न पनि उपाध्यक्ष गिरीलाई चुनौती दिए। उनले यो विषयमा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का नेताहरूलाई जानकारी गराएको बताए।

प्रतिक्रिया