Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसी नतिजा एडुखबरमा

आइतबार, ३१ जेठ २०७२

काठमाडौं ३१ जेठ / गत बर्ष जस्तै यस बर्षको एसएलसी नतिजा पनि एडुखबरमा प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनका लागि www.edukhabar.com को प्रकाशन संस्था P & P Multimedia 'Perspective' and 'Participation' तथा परीक्षा नियन्त्रण कार्यालय बिच सम्झौता भएको छ ।

सम्झौता पत्रमा परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारे र एडुखबरका सम्पादक तथा मल्टिमिडियाका अध्यक्ष श्रीधर पौडेलले हस्ताक्षर गरेका छन् । कार्यालयले निर्धारण गरेको सबै प्रकृया पुरा भएपछि मात्रै कार्यालयले नतिजा प्रकाशनको सम्झौता गर्छ । नतिजा प्रकाशन भए पश्चात वेभसाईटको गृहपृष्ठमा रहेको सिम्बोल नम्बर टाईप गर्ने स्थानमा आफ्नो नम्बर लेखेपछि परीक्षाफल थाह पाउन सकिन्छ । 

सम्झौता पछि मल्टिमिडियाले परीक्षाफल प्रकाशनको कामलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगतको काम भनेको छ । 'परीक्षामा सहभागि झण्डै ६ लाख परीक्षार्थी र तिनका अभिभावकको प्रत्यक्ष चासोको विषय प्रकाशित गर्नुलाई हामी सामाजिक उत्तरदायित्व पनि सम्झन्छौँ' मल्टिमिडियाका अध्यक्ष पौडेलले भने,  'यसबाट विद्यार्थी र अभिभावकले सजिलै नतिजा थाह पाउन सहयोगी हुने अपेक्षा गरेका छौं ।' नियन्त्रक द्धारेले नतिजा प्रकाशनलाई प्रभावकारी ढंगले सबैको पहुँचमा पुर्याउन सम्झौता गरिएको जनाए । असारको पहिलो साता भित्रै नतिजा प्रकाशन गर्ने गरी काम भईरहेको पनि उनले बताए ।

एडुखबर, शिक्षा पत्रकारितामा डेढ दशक देखि कृयाशिल सञ्चारकर्मीहरुले स्थापना गरेको विद्युतीय ई पत्रिका हो । यसले शिक्षाको समाचार, विचार र बिश्लेषणलाई प्राथमिकताका साथ प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया