Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

पठन पाठन बन्द

विहीबार, १७ पुस २०७६

काभ्रे - काठमाडौं विश्वविद्यालयमा जारी आन्दोलनका कारण पठन पाठन बन्द भएको छ । पेशागत हकहितको माग सहित प्राध्यापक र कर्मचारीहरुले शुरु गरेको आन्दोलन चर्कदैं गए पछि पठन पाठन नै बन्द भएको हो । आन्दोलनरत पक्षले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजु माथि कारबाहीको माग गरेका छन् । 

आन्दोलनकारीहरु र प्रशासन बीच विवाद बढेर बुधबार आन्दोलनकारीलाई कलेज प्रशासनले लखेटेपछि विवाद थप बढेको हो । तर प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त घटना आफूहरुबाट नभई धुलिखेल अस्पतालका बिरामीका कुरुवाहरुले आन्दोलनकारीलाई लखेटे पछि भएको भन्दै विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात भएको आन्दोलनकारीको दावी छ । 

विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुबीच गत भदौमा भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आनदोलनरत पक्षले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । यस अघि नै स्कूल अफ मेडिकल साइन्सेजका डीनको कार्यालयमा चार महिना अघि एमबीबीएसका विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन । 

 

प्रतिक्रिया