Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

निमाविको कापी परीक्षण शुरु, दुई केन्द्र थप

मंगलबार, ०८ पुस २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरु गरेको छ । रत्नराज्य मावि बानेश्वर र टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर निमाविको कापी परीक्षण शुरु गरेको आयोगले जनाएको छ ।

यस अघि गत पुस २ गतेबाट माध्यमिकको कापी परीक्षण शुरु गरिएको थियो । यसका लागि काठमाडौंको कालिमाटि स्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा केन्द्र तोकिएको थियो । थपिएका २ केन्द्रमा ९० जना परीक्षक कापी परीक्षणमा संलग्न छन् । सबै केन्द्रमा गरी १ सय ८० जना परीक्षक सहभागि रहेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । गत असोजमा लिईएको लाईसेन्स अन्र्तगत प्राविको कापी कोडिङ्को चरणमा रहेकाले केही दिन लाग्ने उनले बताए ।

प्राविको पनि जति सक्दो छिटो परीक्षण गर्ने गरी काम भईरहेको छ, अहिले कोडिङ्को काम जारी छ, यो सकिन २ दिन जती लाग्ला उनले भने त्यस पछि ओरेण्टेशन गरेर परीक्षण शुरु भई हाल्छ ।

लाईसेन्स परीक्षा अन्र्तगत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

लामो समयको अन्तराल पछि खुलेको लाईसेन्स परीक्षा गत असोजमा भएको थियो । पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन् । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा आयोगले परीक्षा सञ्चालन गरेको थियो । 

प्रतिक्रिया