Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यालयका अध्यक्षको शैक्षिक योग्यता जाँच्दै अख्तियार !

सोमबार, ३० कार्तिक २०७२

काठमाडौं ३० कात्तिक / विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको शैक्षिक योग्यता झुटो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

यस अघि आर्थिक अनियमितता तथा सम्बन्धित विद्यालयमा आफ्ना सन्तान नपढाएको अभियोगमा अध्यक्ष विरुद्ध मुद्धा दर्ता भएपनि शैक्षिक योग्यता झुटो भएको भन्दै दायर गरिएको यो पहिलो घटना हो । सर्लाहीको औरही गाविस स्थित जनता माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण राय विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा हालेको हो ।

यस अघि ब्यवस्थापन समितिका अध्यक्षको शैक्षिक योग्यताका बारेमा मुद्धा परेको मैले पनि सुनेको छैन, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ  का अध्यक्ष कृष्ण थापाले भने, भर्खर त मुद्धा दायर भएको थाह पाएँ, अनुसन्धानबाट ठहरेमा यो नयाँ नजिर बस्ने भयो ।

रायले उक्त पदमा नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको राजकियकृत उच्च विद्यालय, यजुवार मुजफ्फरपुर भारतको प्रमाणपत्र झुटो भएको अख्तियारको दावि छ । उनले सन् १९८९  सालमा माध्यमिक तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र  पेश गरेका थिए । उक्त प्रमाणपत्र  नक्क्ली एवं झुट्टा देखीन आएकोले विशेष अदालत काठमाण्डौंमा आरोपत्र दायर गरिएको  अख्तियारले जनाएको छ ।

शिक्षा ऐनमा प्राथमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष हुन कक्षा ५ उत्तीर्ण, माध्यामिक तह सम्मको लागि एसएलसी पास र उच्च माविको अध्यक्ष हुन न्यूनतम १२ कक्षा पास हुनु पर्ने ब्यवस्था छ ।

प्रतिक्रिया