Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सात जिल्लामा कक्षा ११ र १२ को परीक्षा तय

आइतबार, ३१ जेठ २०७२

भक्तपुर ३१ जेठ / भूकम्पका कारण हुन नसकेको सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा असार १४ गतेदेखि हुने भएको छ । कक्षा १२ को परीक्षा १४ गते देखि र ११ को परीक्षा असार २४ गते देखि गर्ने उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । *

भूकम्पले धेरै क्षती पुर्याएका ७ जिल्ला गोर्खा, धाँदिङ्, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप बाहेकका जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि चलिरहेको छ । कक्षा ११ को परीक्षा असार १ गते देखि हुँदै छ

अब जनजीवन सामान्य भईसकेको र परीक्षा सञ्चालन गर्ने केन्द्रहरुका बारेमा समेत तय भएकोले मिति तय गरेको नियन्त्रक सन्तोष अर्यालले बताए । केन्द्रहरुको निर्धारण भने केही दिनमा गर्ने उनले बताए । त्यसो त सबै जिल्लाबाट परीक्षा केन्द्रको अवस्था लगायत आवश्यकीय जानकारी आई सकेको छ तै पनि केही प्राविधिक काम बाँकी रहेकोले २–४ दिन भित्रै केन्द्र निर्धारण गर्छौ उनले भने ।

यी सात जिल्लमा कक्षा ११ मा २१ हजार ५ सय ५८ र कक्षा १२ मा १९ हजार १ सय ९६ परीक्षार्थीले आवेदन भरेको अर्यालले बताए ।
कक्षा ११ र १२ मा देशैभर गरी करिब ९ लाख विद्यार्थी अध्ययनरत छन् ।

* सच्याईएको : कक्षा १२ को परीक्षा असार १४ गते देखि र ११ को परीक्षा असार २४ गते देखि । - सं. 

प्रतिक्रिया