Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

के सिक्ने, के पढ्ने मैले !

शनिबार, २८ कार्तिक २०७२

- देवीराम आचार्य / समसामयिक शैक्षिक मुद्दा र शिक्षण सिकाइमा कलम चलाउँदै आएका आचार्य कहिले काँही साहित्यिक सृजना पनि गर्छन् । उनका यस्ता सृजना पनि शिक्षा र शिक्षणमै केन्द्रित हुन्छन् । भाषा सिकाइसँग सम्बन्धित उनको कथा के सिक्ने, के पढ्ने मैले ! यो साताको शिक्षा साहित्यमा :

रमेश एउटा गैरसरकारी संस्थामा जागिर गर्छन् । उनका दुर्इ छोरी र एक छोरा छन् । सबै छोराछोरीलार्इ अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाएका हुनाले नेपाली भाषाको सिकाइमा उनी आफैँले सहयोग गर्छन् । बाल साहित्यका विभिन्न पुस्तक तथा पत्र पत्रिका नियमित पढ्न दिन्छन् ।

वार्षिक परीक्षा (कक्षा ६ मा) उनकी कान्छी छोरी अनामिकाले नेपालीमा थोरै अङ्क ल्याएपछि एक दिन उनी विद्यालयमै गएर समस्या बुझे ।  शिक्षिकाले उनको नेपालीमा ह्रस्व दीर्घ लगायतका वर्णविन्यासमा धेरै गल्ती भएको बताइन ।  घरमा आएर छोरीलार्इ भने, तिमीले दाइ, दिदी र मलाइ जसलार्इ सोधे पनि हुन्छ ।

नेपाली भाषा लेख्दा शुद्धा शुद्धिमा ध्यान देउ छोरी । दाइ र दिदी भन्दा चलाख उनकी छोरी केही बोलिनन् । एकै छिनमा उनले आफ्नो पाठ्यपुस्तक, ९ कक्षामा पढ्ने दाइको पाठ्यपुस्तक, ११ कक्षामा पढ्ने दिदीको पाठ्यपुस्तक, उनको बाबाले ल्याइदिने गरेका मुना, कोपिला र अन्य केही बाल साहित्यका पुस्तक सबै जम्मा पारेर बाबालार्इ दिइन । बाबाले यो कुरा नबुझेर सोधे, यी सबै मलाइ किन दिएको छोरी ?

दिदीले फरक कुरा सिकाउने, दाइले फरक कुरा सिकाउने, पाठ्यपुस्तकमा अर्कै छ, अनि मिसले अर्कै पढाउने ! तपाइले नै पढ्न भनेर ल्याइ दिएका यी पत्र पत्रिका र अरू किताबमा अर्कै छ ! कहिलेकाहीँ हजुरलार्इ सोध्दा अर्कै सिकाउनु हुन्छ ! अनि मैले कसरी सिक्ने ? के लेख्ने ? कति फरक फरक सुद्ध लेख्ने नियम पढ्ने मैले ? म पढ्दिन ! जाँदिन स्कूल !

के नेपाली भनेको यही रुखको फूल र कुखुरीको  फुल कसरी लेख्ने भन्ने नियम मात्र पढ्ने विषय हो ? कथा, कविता र निबन्ध कसरी लेख्ने भनेर पढ्नु पर्दैन ? कतै किताब लेखेको छ, कतै किताप ? कुन शुद्ध हो ? मैले कसरी थाहा पाउने ? मलाइ कविता लेख्न कसले सिकाउँछ ? मैले लेखेका कथा पढेर कसले स्याबासी दिन्छ ? कसले सिकाउँछ मलाइ निबन्ध लेख्न ? म अब स्कुल जाँदिन ! रमेश यो सबै सुनेर नाजवाफ  भए । उनीसँग यसको कुनै उत्तर नै थिएन ।

छोरीले जम्मा पारेर दिएका सबै सामग्री पल्टाउँदै उनी टोलाएर बसि रहे, बसि रहे । बाबु छोरीका यी सबै क्रियाकलापको साक्षी बसेकी रमेशकी श्रीमती, अनामिकाको दाइ र दिदीलार्इ हकार्दै थिइन, तिमीहरूले किन बैनीलाई फरक फरक कुरा सिकाउँछौ हँ ?  गृहिणी उनले यो सब बुझुन् पनि कसरी । रमेश भने अझै पनि टोलाइ रहेका थिए ।

[email protected]

प्रकाशित मिति २०७२ कात्तिक २८ गते

प्रतिक्रिया