Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

निजी कलेजको भाँचिएको पीलर यसरी छोपियो (फोटो फिचर)

मंगलबार, ०१ असार २०७२

कलेजको भवन भत्काइदिन स्थानीयको उजुरी

काठमाडौ १ असार / भूकम्पको धक्काले भत्काएको संरचना धमाधम बनाउन थालिएको छ । निजी विद्यालय र कलेज कसरी हुन्छ भत्किएको संरचना टालटुल गर्न पाए हुन्थ्यो भन्नेमा छन् । सरकारी विद्यालय र कलेज भने सामान्य चिर्किएको भवनमा पनि रातो स्टिकर लगाएर पुनः नयाँ बनाउन लगाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छन् ।

शिक्षा कार्यालयका प्राविधिलाई सामुदायिक विद्यालयको भौतिक संरचना मात्रै हेर्ने अधिकार भएपनि, शिक्षा मन्त्रालय र विभागको निर्देशनका आधारमा निजी शैक्षिक संस्थाको भवन पनि अनुगमन भईरहेको छ ।

निजी विद्यालय र कलेजले चर्किएको भवन टालटुल गरेर मात्रै प्राविधिकलाई गुहार्ने गरेका छन् । यस मध्येको एउटा उदाहरण हो, काठमाडौं खुसिबु टाउन प्लानिङ्को ह्वाइट फिल्ड कलेज । कलेजको भवनमा वैशाख १२ को भूकम्पले सामान्य क्षति पुगेको थियो । वैशाख १३ गते क्षति अलि बढायो । २९ गतेको परकम्पले पुरै थिलथिलो नै बनायो । पीलर भाँचियो, गारो चिराचिरा भयो । यो कलेजको भवनमा पहिलो, दोस्रो र तेस्रो शक्तिशाली भूकम्पले कति क्षति बनायो  ? भन्ने स्थानीयबासीले फोटो कैद गरिरहे । आफ्नै घर अगाडिको कलेजले भूकम्पको धक्का सामान्य हुदै गएपछि हतार हतार मर्मत सम्भार गरेको पनि उनीहरुले देखे ।

भाँचिएको पीलर र गारो चिराचिरा भएको भवनमा मर्मत गरेर पढाउँदा क्षती हुन सक्ने भन्दै स्थानीयले महानगरपालिकामा उजुरी दिए । उक्त भवन पूर्ण रुपमा भत्काई दिनु हुन भन्दै निवेदन दर्ता भयो । कलेज प्रशासनले भने मर्मत गरिरह्यो । प्राविधिक जाँदा सही हालतमा बनाईसक्यो । तर, स्थानीयको क्यामेरामा कैद भएको फोटो भने उसले हटाउन सक्ने कुरै भएन । 

भवन परीक्षण गर्न गएका प्राविधिकले भवन सही हालतमा देखे । तर, यही बेला स्थानीयले खिचेको फोटो प्राविधिकले पाएपछि उक्त भवनमा अहिले रातो स्टिकर लगाइएको छ । यही कलेजको एउटा भवनमा भने हरियो स्टिकर लगाएको छ । यस्ता जोखिममा रहेको भवनमा उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षा पनि लिइरहेको छ ।

महानगरपालिकामा उक्त घर भत्काइदिन आग्रह गर्दा पनि वास्ता नगरेको स्थानीयको आरोप छ ।

फोटो फिचर

 

फोटो : स्थानीयबासी 

प्रतिक्रिया