Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मकवानपुरका ९ सय विद्यार्थीको एसएलसी पूरक नतिजामा त्रुटि

शुक्रबार, ०१ असोज २०७२

भक्तपुर १ असोज / एसएलसी पूरकको नतिजा सार्वजनिक गर्नु अघि डाटा ईण्ट्रिमा ध्यान नदिदाँ मकवानपुरका झण्डै ९ सय विद्यार्थीको नतिजामा अनुपस्थित देखिएको छ ।  

परीक्षा अन्र्तगत अनिवार्य र ऐच्छिक गणितको परीक्षामा सहभागि सबै विद्यार्थीको नतिजामा अनुपस्थित देखिएको हो । उक्त कपी ईण्ट्रि भएको प्याकमा छ की कपीको प्याकमा छ भन्ने अलमल हुँदा छुटेको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जनायो । 

जिल्ला शिक्षा कार्यालय मकवानपुरका अनुसार परीक्षामा मुस्किलले २५–३० जना मात्रै अनुपस्थित छन् । दुई विषयको प्राप्ताङ्क इन्ट्री नहुँदा समस्या आएको जिशिअ गणेशप्रसाद पौडेलले बताए ।

तर, परीक्षा नियन्त्रण कार्यालयले यसलाई सामान्य त्रुटि भन्दै शुक्रबारनै समस्या समाधान गर्ने बताएको छ ।

'स्लिप ईण्ट्रि नभएकोले यस्तो भएछ, नतिजा सार्वजनिक हुँदा यस्ता साना तिना त्रुटि भईहाल्छन्, यहाँ ठूलो संख्या भएकोले मात्रै के के न भएको जस्तो भएको हो' नियन्त्रक विष्णुबहादुर द्धारेले भने, 'सबै तयार भईसकेको डाटा हो त्यसलाई आज औपचारिक निर्णय गरेर पठाउँछौं, जिशिअ सँग कुरा भईसक्यो ।'

प्रतिक्रिया