Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

लाईसेन्स परीक्षा बहिष्कारको आह्वान

बुधबार, ०८ असोज २०७६

काठमाडौं - सर्वोच्च अदालतले शिक्षक लाईसेन्सको परीक्षा रोक्न नपर्ने आदेश दिए पछि माध्यमिक विद्यालय शिक्षक युनियनले परीक्षा बहिस्कार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको युनियनको बैठकले आगामी शुक्रबारका लागि तोकिएको परीक्षा बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष पुष्ष प्रसाद न्यौपानेले बताए ।

शिक्षक सेवा आयोगले खोलेको विग्यापन नम्बर ३५ ले आफुहरुलाई नसमेट्ने भन्दै अदालतमा रिट दायर गरिएको थियो । उक्त विग्यापन अन्तर्गत ६ हजार २ सय जनाले फर्म भरेको उनले बताए ।

"हाम्रो मागको बारेमा शिक्षा मन्त्रीलाई पटक पटक अवगत गराउँदा पनि सुनुवाई भएन, अदालतबाट पनि न्याय नपाए पछि हामी वाध्य भएर बहिस्कारको निर्णयमा पुग्यौं" उनले भने, "१० गते नै हुने अन्य परीक्षा प्रती हाम्रो कुनै चासो छैन । " मंगलबार अदालतले परीक्षा रोक्न नपर्ने फैसला गर्नासाथ आयोगले केन्द्र निर्धारण गरेको थियो ।

प्रतिक्रिया