Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

विद्यालयबाट फर्कँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

विहीबार, २६ भदौ २०७६

काठमाडौं २६ भदौ / पहिरोमा पुरिएर रुकुम पश्चिममा २ बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएका थिए । 

स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

कान्तिपुरमा हरि गौतमले लेखेका छन् ।  

प्रतिक्रिया