Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पवर्तमा विद्यालयका लागी देउसीभैलो खेलेर ११ लाख संकलन  

बुधबार, २५ कार्तिक २०७२

काठमाडौँ, २५ कात्तिक । उत्तरी पर्वतको विकट गाउँ बाँसखर्कमा रहेको ज्योति मण्डल माविका लागि आयस्रोत जुटाउने उद्देश्यले तिहारका अवसरमा देउसी भैलो खेलेर करिब रु. ११ लाख सङ्कलन गरिएको छ ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको टोलीले सो क्षेत्रमा यही कात्तिक २० गतेदेखि २४ गतेसम्म देउसी, भैलो खेलेका थिए । देउसीभैलोबाट रु ११ लाख २६ हजार ४७१ सङ्कलन भएको विद्यालयका शिक्षक ख्यामबहादुर खत्रीले बताए ।   

वि.स. २०६५ देखि मावि कक्षा सञ्चालन हुँदै आएको उक्त विद्यालयमा मावि तहमा एक जना मात्र राहत दरबन्दीका शिक्षक छन् । देउसी भैलोबाट सङ्कलित रकम प्रावि र निमावि तहको दरबन्दी भएर मावि तहमा अध्यापन गराउने शिक्षकको तलबभत्ताका लागि खर्च गरिने विद्यालयले जनाएको छ । 

जिल्लाकोे विकट गाउँमा निमाविको मात्र स्वीकृित पाएपछि स्थानीयले आफैँ रकम जुटाएर मावि कक्षा सञ्चालन गर्दै आएका थिए । शिक्षकलाई तलब खुवाउन र अन्य प्रशासनिक खर्चका लागि रकम अभाव भएपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको शिक्षक खत्रीले जानकारी दिए । 

(रासस) 

 

प्रतिक्रिया