Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

महिनौँसम्म शिक्षकले पाएनन् नियुक्ति

सोमबार, ०९ भदौ २०७६

काठमाडौं ९ भदौ / शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा र अन्तर्वार्तामा समेत उत्तीर्ण भएर सिफारिस भएका शिक्षकले महिनौँसम्म पनि नियुक्त पाएका छैनन् । नियुक्ति नपाएपछि माध्यमिक तहका २९ शिक्षक अहिले दिनहुँ शिक्षा तथा मानवस्रोत विकास केन्द्र धाइरहेका छन् । 

स्थायी भएको महिनौँसम्म शिक्षकले पाएनन् नियुक्ति शिर्षकमा नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर अनुसार आयोगबाट सिफारिस भएका शिक्षकको नाम शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लामा पठाएको थियो । तर, जिल्लाले ‘ठाउँ छैन’ भन्दै उनीहरूलाई केन्द्रमै फर्काएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्माले ‘केही प्राविधिक तथा व्यावहारिक समस्या’का कारण माध्यमिक तहका २९ शिक्षकले नियुक्ति नपाएको बताए । 

आयोगले लिएको परीक्षामा एक नम्बरमा नाम निकालेका शिक्षकको समेत नियुक्ति भएको छैन ।

आयोगले ०७३ र ०७४ मा गरी विभिन्न तह र विषयका १२ हजार सात सयभन्दा बढी शिक्षकको विज्ञापन गरेको थियो । अहिले माध्यमिक तहको सबै नतिजा सार्वजनिक गरी पदस्थापनको काम भइरहेको छ । 

प्रतिक्रिया