Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : उपकुलपति बन्न ओलीको प्रस्ताव

सोमबार, ०९ भदौ २०७६

काठमाडौं ९ भदौ / प्रधानमन्त्री केपी ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले जनाएको नागरिकमा खबर प्रकाशित छ । कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो। भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव शिर्षकमा नागरिकमा सुनिल सापकोटाले लेखेको खबर अनुसार प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुहुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेको बताए।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन्।

शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन।

प्रतिक्रिया