Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कारागारमा प्लस टु को पढाइ !

बुधबार, २५ कार्तिक २०७२

काठमाडौं, २५ कात्तिक । केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेको जगन्नाथ माविमा व्यवस्थापन संकाय अन्तर्गत प्लस टुको पढाइ सुरु भएको छ ।  विभिन्न आपराधिक घटनामा संलग्न भई जेल सजाय विताइरहेका बन्दी उच्च शिक्षाबाट बञ्चित नहोउ भन्ने उद्देश्यले जेलभित्रै उच्चमावि सञ्चालनमा ल्याइएको हो । 

उच्च माध्यमिक शिक्षा परिषदले स्वीकृत दिएपछि जगन्नाथ उच्चमाविमा व्यवस्थापन संकाय अन्तर्गत प्लस टुको कक्षा सुरु भएको  हो ।  व्यवस्थापन संकायअन्तर्गत अहिले उक्त उच्चमाविमा कक्षा ११ मा पठनपाठन सुरु भएको छ । उक्त कक्षामा २७ जना विद्यार्थी रहेका छन् ।

कारागारमा रहेका बन्दीहरुले अध्ययनका लागि शुल्क तिर्नुनपर्ने केन्द्रीय कारागारका जेलर बेदबहादुर कार्कीले बताए ।

(आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया