Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एनआरएनले भन्यो “नाकाबन्दी हुँदा १६ लाख विद्यार्थी पढाईबाट बञ्चित”

मंगलबार, २४ कार्तिक २०७२

काठमाडौँ, २४ कात्तिक । गैरआवसीय नेपाली संघ एनआरएनले भारतले लगाएको नाकाबन्दीले विद्यार्थीको पठनपाठनमा अवरोध सिर्जना भएको भन्दै यो समस्या तत्काल हटाउन सरकासंग माग गरेको छ। जारी नाकाबन्दीले मानवीय संकट आउन सक्ने भन्दै एनआरएनले मंगलबार एक विज्ञप्ती निकालेर यस्तो माग गरेको हो । संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरुले गरेको सिमा अवरोधलाई निहुँ बनाएर भारतले विगत झन्डैँ दुई महिनादेखि नेपालमा नाकाबन्दी गरिरहेको छ। 

भारतको नाकाबन्दीले सवारी दुर्घटना बढेको र इन्धन नपाउँदा मानिसहरुले अत्यन्तै कष्टकर जीवन गुजारिरहेको पनि उसले विज्ञप्तीमा उल्लेख गरेको छ । यस्तै उसले भारतकै नाकाबन्दीले करिब १६ लाख बालबालिकाहरु तीन महिनादेखि विद्यालय जानबाट बञ्चित भएको पनि जनाएको छ । 

“युनिसेफका अनुसार १६ लाख बालबालिकाहरु लगभग तीन महिनादेखि विद्यालय जानबाट बञ्चित भएका छने । धेरै उद्योग धन्दा र साना व्यापार बन्द भएका छन् र अत्यावश्यक आपूर्ति र सेवाहरुको गम्भिर अभाव पैदा भएको छ।” एनआरएनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

एनआरएनका अध्यक्ष शेष घलेद्धारा हस्ताक्षरित विज्ञप्तीमा एनआरएनले नेपालीहरुको महान दोश्रो ठूलो चाडँ तिहार र छठ नजिकै आएकाले पनि नाकाबन्दी समस्या हटाउनुको विकल्प नभएको जनाएको छ। नाकाबन्दीले भूकम्पपछिको पूननिर्माण कार्य अगाडी बढ्न नसकेको उल्लेख गरेको छ।

तत्कालै नाकाबन्दीको समयमा पनि संघले समस्या र अभावग्रस्त अस्पताल, तथा स्वास्थ्य चौकीलाई चाहिने ओषधी र चिकित्सा तथा शल्य चिकित्साजन्य सामग्री एवं मानवीय सहयोग प्रदान गर्ने जनाउदैँ जाडो समयका लागी आवश्यक पर्ने कम्बल र अरु सामग्री संकलन एवंम वितरण गर्न “एनआरएन संकट सहयोग समूह”  गठन गर्ने पनि उसले जनाएको छ। साथै उसले संकटको सकारात्मक समाधानका लागी राष्ट्रिय र अन्तराष्ट्रिय पहलकदमीलाई संघले जारी राख्ने पनि उल्लेख गरेको छ।

प्रतिक्रिया