Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

राष्ट्रपतिले भनिन् “बिद्यालय खोल्न पहल गरौँ”

मंगलबार, २४ कार्तिक २०७२

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत मधेसी मोर्चाको बन्दले बालबालिकाको पढ्न पाउने अधिकार खोसिन पुगेको भन्दै यसरी शैक्षिक अधिकार हनन् हुने नहुने बताएकी छन् ।  साथै उनले तराई मधेसमा जारी आन्दोलनका कारण लामो समयदेखि विद्यालय बन्द हुदाँ बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न तुरुन्त शैक्षिक संस्था खोल्न पहल गर्नुपर्ने पनि बताएकी छन् । 

महिला सञ्चारकर्मीको संस्था सञ्चारिका समूहका प्रतिनिधीसंँगको भेटमा राष्ट्रपति भण्डारीले विद्यालय बन्द हुँदा बालबालिका पढाईबाट बञ्चित हुनुपरेकोमा चिन्ता समेत व्यक्त गरेकी छन् ।  तराई मधेसमा भूकम्प यता विद्यालय नियमित जस्तो खुल्न नसकिरहेका बेला भदौँदेखि जारी मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीले दशौँ लाख बालबालिकाको पढाई प्रभावित भएको छ। 

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया