Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बन्दले मोरङमा साढे ४ लाख विद्यार्थी प्रभावित  

सोमबार, २३ कार्तिक २०७२

काठमाडौँ, २३ कात्तिक । विद्यालय शान्ति क्षेत्र कार्यान्वयन हुनुपर्ने भन्दै विराटनगरका सरोकारवालाहरुले विद्यालयलाई निर्वाध सञ्चालन हुन दिने वातावरण बनाउन माग गरेका छन् ।  बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समन्वय समिती मोरङले आइतबार विराटनगरमा आयोजना गरेको बालबालिका शान्ति क्षेत्र कार्यान्वयनका लागी सरोकारवालाको भूमिका विषयक अन्तरसंवादमा सहभागीले यस्तो बताएका हुन् । 

झन्डै ३ महिना लामो बन्दका कारण सम्पूर्ण शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै सहभागीले विद्यालय शान्ति क्षेत्र भन्दै पहिला हस्ताक्षरहरुलाई दलहरुले कार्यान्वयन गर्नुपर्ने बताए । लामो समयको बन्दको कारण शिक्षा  पाउनुपर्ने अधिकारबाट बञ्चित भएका बालबालिका कुलतमा फस्न सक्ने खतरा रहेको भन्दै सरोकारवालाहरुले सहजरुपमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन हिसान मोरङका अध्यक्ष बलराम पन्तले बन्दकर्ताहरुसंग आग्रह गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एजुकेशन हेल्पलाइनका अध्यक्ष पत्रकार राजेन्द्र ढकालले बन्दको समयमा मोरङमा ४ लाख ५९ हजार ३ सय ८३ बालबालिकाको पढाई प्रभावित भएको जानकारी दिए । कार्यक्रमका विभिन्न सरोकारवालाहरुको बाक्लै उपस्थिती रहेको थियो ।

(आजको हिमालय टाइम्सको पृष्ठ २ मा प्रकाशित समाचार)

प्रतिक्रिया