Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कनिष्टलाई प्रअ बनाएपछि बागलुङमा विवाद  *

आइतबार, २२ कार्तिक २०७२

काठमाडौँ, २२ कात्तिक । कनिष्ठ शिक्षकलाई विद्यालयको निमित्त प्रधानाध्यापक बनाएपछि विद्यामन्दिर उच्चमावि बागलुङमा विवाद चुलिएको छ। प्राचार्य इश्वरलाल बज्रचार्यले अवकाश लिनुअघि नियम विपरित मावि शिक्षक छबिरमण रेग्मीलाई निप्रअ बनाएपछि विवाद चुलिएको हो । 

तेश्रो वरियतामा रहेका शिक्षकलाई सो जिम्मेवारी दिएपनि विद्यालयका दुई शिक्षकले जिल्ला शिक्षा कार्यालयमै समेत उजुरी दिएका छन् ।   बरिष्ठताका आधारमा पहिलो रोलक्रममा रहेका जगन्नाथ आचार्य र दोश्रोक्रममा रहेका शान्तिराम ढकालले निर्णय नसच्चिए अदालत जाने चेतावनी पनि दिएका छन् । 

बज्रचार्यको निर्णय कानुन विपरित भएको पनि बागलुङ जिशिकाले भनिसकेको छ । राजनीतिक दबाबमा सो निर्णय गरिएको जनाइएको छ। रेग्मी एमाले, आचार्य काग्रेस र ढकाल एमाओवादी निकटका शिक्षक मानिन्छन् । 

(आजको नागरिक दैनिकको पृष्ठ ५ मा प्रकाशित समाचार)

सच्याईएको सं.

प्रतिक्रिया