Edukhabar
आइतबार, २५ कार्तिक २०८१
जिव्रो

पढाई सुधारेर ईज्यत पाएका शिक्षक...

आइतबार, २२ कार्तिक २०७२
Dhanraj Giri

कुरा धेरै बर्ष अघिको हो । म झुवानी मा वि (चितवन) मा शिक्षक  'हामी गाउँको माष्टर' यो आश्चर्य होइन, हेप्ने, चेप्ने, पेल्ने, ठेल्ने काम हरेक युगमा जहाँ पनि हुन्छ 'घरभित्रै बढी हुन्छ' कमाउने सन्तान र नकमाउने सन्तानलाई जन्म दाताले नै कस्तो समान ब्यबहार गर्छन, त्यो हामी सबैलाई थाहा छ । कुरा स्कूलको हो ।

हामी जो कुना कुनामा सेवा गर्ने माष्टर छौं तिनलाई प्राय सेण्टरका बडा, तथाकथित् माड़साबले हेपेको पाइयो 'यो कुरा उठ्यो' मित्र एबम सहकर्मी भानु उपाध्यायको उपाय, 'हेर गिरी ,यी हेप्नेहरुलाई मनोबैज्ञानिक उपचार गर्ने युनिक तरिका हो यिनीहरुको स्कूलको पढाइको स्तर भन्दा हाम्रो स्तर बढाउने मानक SLC को नतिजा हो, त्यो राम्रो बनाउने !

हो, त्यही सूत्र प्रयोग गरियो र त्यो कालखण्डमा 'झुवानी' एउटा मानक थियो । यो सत्य र तथ्य दुवै हो ।

यसलाई म देशसित जोड्न चाहन्छु । किन यो भारत भारत भनेर उसलाई हीरो बनाउने ? हामीसित जे छ त्यसैलाई अधिकतम प्रयोग गरेर आत्मनिर्भर बन्न के हामीलाई भारतले रोक्छ ? गरीब भएर होइन हरीप भएर बेइमान भएर हामीले दुख पाएका हौँ ! स्वाबलम्बी बनौँ । समय लाग्छ  । सहयोगी हातहरु धेरै पाइन्छ । रुन्चे होइन 'बोल्ड एण्ड ब्रेभ' भएर काम गरौँ  किन हेपिने ?

प्रतिक्रिया