Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

टाइगर पार्टीले धनुषामा स्कुल बस जलायो

शनिबार, २१ कार्तिक २०७२

काठमाडौँ, २१ कात्तिक । आन्दोलनरत मधेसी मोर्चाको बन्द कायमै रहेका बेला धनुषामा एक स्कुल बसमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी भएको हो । आगजनी कसले र किन गरेको भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। 

बन्द सफल पार्न मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेको हुनसक्ने आशंका धेरैको छ । वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् ।  

बसमा लागेको आगो वरपरका स्थानीय र प्रहरीले चाडैँ निभाएपनि आगलागीबाट बसका सिट जलेर ध्वस्त भएका छन् ।  यसैबीच आगजनीको गरेको घटनाको जिम्मा जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले लिएको छ  दाबी गरेको छ।। घटनापछि राति केही स्थानीय सञ्चारमाध्यममा टेलिफोन गरी बन्दको अवज्ञा गरेको भनी तोडफोड तथा आगजनी गरेको दाबी सो पार्टीले गरेको ती सञ्चामाध्यमले बताएका छन् । 

(रासस)

 

प्रतिक्रिया