Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएसलसीमा ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

शुक्रबार, ०४ असार २०७२

काठमाडौं ४ असार / यस बर्षको एसएलसीमा नियमित तर्फ ४७ दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षाफल सार्वजनिक गर्नु अघि बसेको बोर्ड बैठकमा सहभागि शिक्षा सचिव विश्वप्रकाश पण्डितका अनुसार यसबर्ष अघिल्लो बर्ष भन्दा बढी परिक्षार्थी उत्तीर्ण भएका हुन् । यो समाचार तयार पार्दासम्म परिक्षा नियन्त्रण कार्यालयले विस्तृत जानकारी भनें दिइसकेको छैन । 

यसबर्ष गत बर्ष भन्दा ३ दशमलव ९२ प्रतिशत बढी विद्यार्थी उत्तिर्ण भएका छन् । अघिल्लो बर्षको एसएलसी परिक्षामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस बर्षको एसएलसीमा नियमित तर्फ ४ लाख ६ हजार २ सय २४ परीक्षार्थी सहभागि थिए ।  

एडुखवरमा केहि बेरमै एसएलसीको विस्तृत नजिता उपलव्ध हुनेछ । कृपया प्रतिक्षा गर्नुहोला । 

प्रतिक्रिया