Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

तराईका विद्यालय बन्द भएकामा प्रधानमन्त्रीद्धारा चिन्ता व्यक्त

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ २० कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको बन्दले तराई विद्यालय बन्द हुदा पठनपाठन नभएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपाल पत्रकार महासंघको टोलीसंग प्रधानमन्त्री ओलीले आन्दोलनरत मोर्चाको बन्दले विद्यार्थीको भविष्यमाथी खेलबाड भएको चिन्ता व्यक्त गरेका हुन् । 

नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई दिन तथा जारी आन्दोलन र भारतको नाकाबन्दीले मुलुकमा परेको समस्या र यसबीचमा सञ्चारकर्मीमाथीको आक्रमण बारे ध्यानाकर्षण गराउन महासंघको टोली सिंहदरबार पुगेको थियो । शुक्रबारसम्म तराई तथा मधेस बन्द भएको ८४ दिन पुगेको छ भने यसबीचमा त्यहाँका विद्यालयहरु ठप्प छन् । विद्यालय बन्द हुँदा विद्यार्थीहरुले पढन पाएका छैनन् । 

पढ्न पनि नदिने नेता ज्यू ?

 झन्डै तीन महिना पुग्दा पनि मोर्चाको आन्दोलन नरोकिदा यो शैक्षिक सत्र नै प्रभावित हुने खतरा रहेकामा वार्ता र छलफलमार्फत मोर्चाका माग सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए ।  ओली प्रधानमन्त्री भएपछि सरकार र मोर्चाबीच तीन चरणसम्म वार्ता भएको थियो । तीनचरणसम्म भएका वार्ताहरु सकारात्मक भएपनि कुनै ठोस सहमति भने भएको छैन् । 

सोमबार विरगञ्जमा मोर्चाको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि वार्ताको वातावरण विग्रेको छ । विग्रेको वातावरणलाई सुधार्ने प्रयास भइरहेको चाडैँ नै चौथो चरणको वार्ता हुने प्रधानमन्त्री ओलीले दाबी गरेको महासंघका सचिव प्रभात चलाउनेले जानकारी दिए । 

परराष्ट्रमन्त्री कमल थापा शुक्रबार मात्र स्वदेश फर्किएकाले पुनः पहिलेजस्तै गरी वार्ता अगाडी बढ्ने पनि प्रधानमन्त्रीले बताएको सचिव चलाउनेले जानकारी दिए ।  

 

 

 

 

प्रतिक्रिया