Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

भूकम्पले भत्काएका विद्यालयको पुननिर्माण चाँडै : विभाग

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ २० कात्तिक / ६ महिना वितिसक्दा पनि भूकम्पले भत्किएका विद्यालयहरुको पुर्ननिर्माण शुरु नगरेको भन्दै आलोचना खेप्दै आएको शिक्षा विभागले चाँडैनै काम शुरु गर्ने जनाएको छ । भवन निर्माण गर्न सहयोगका लागी दाताहरुले बजेटको घोषणा र सम्झौता गरिसक्दा पनि विभागले डिजाइन नदिदाँ ढिलो भएको भन्ने खबरलाई विभागले अस्विकार गरेको छ ।

'डिजाइन नभएर विद्यालय भवन पुननिर्माण कार्य रोकिएको भन्ने होईन, प्रक्रिया भइरहेको छ' एडुखबरसंग कुरा गर्दै विभागका निर्देशक खगेन्द्र नेपालले भने 'अब एक दुई दिनमा नै डिजाइन दिएर भवन निर्माण प्रकृया शुरु हुन्छ ।'

विभागले डिजाईन उपलब्ध गराउन ढिलाई गर्दा भवन बन्न नसकेको बारे सार्वजनिक खबर सत्य नभएको उनको दावी छ । गत वैशाखमा भएको भूकम्पले गर्दा झण्डै पाँच सय विद्यालयका २ हजार बढी कक्षा कोठाको पुननिर्माण गर्न दातृ निकायले विभागसंग सम्झौता गरिसकेको भनिएपनि विभागले डिजाइन नदिएर रोकिएको बताइएको थियो ।

राजनीतिक दलहरुको खिचातानीका कारण भूकम्पले पुर्याएको क्षतिको पूननिर्माण सम्बन्धिको विधेयक र प्राधिकरण गठनको काम पनि हुन सकेको छैन ।

प्राधिकरण गठन नभएर भवन निर्माण रोकिएको त होइन ? भन्ने प्रश्नमा उनले भने 'त्यो उच्च निकायको योजना र कार्यक्रम हो, हामीले विद्यालय बनाउन त्यसैलाई कुर्नुपर्छ भन्ने छैन हाम्रो तह र निकायबाट गर्ने काम हामी अगाडी बढाउछौँ ।'

प्रतिक्रिया