Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कीर्तिपुरको जनाधार क्याम्पसद्धारा पूर्वाधार थप

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । काठमाडौको कीर्तिपुरस्थित पाँगामा रहेको जनाधार सामुदायिक क्याम्पसले विभिन्न पूर्वाधार थप गरेको छ । क्याम्पसले सौर्य बत्ती जडान, प्रयोगशाला, पुस्तकालय, खेल मैदानलगायत भौतिक निर्माण करिब रु ४० लाखको कार्य सम्पन्न गरेको हो । विसं १९९२ मा डिठ नरबहादुर महर्जनले जलविनायक आधार पाठशालाबाट स्थापना गरेको उक्त विद्यालयको स्तरोन्नति गर्दै दुई वर्षअघि सामुदायिक क्याम्पसका रुपमा विकास गरिएको हो । 

क्याम्पसले आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी आर्थिक स्रोत जुटाएर पूर्वाधारको विकास गरेको छ । सौर्य ऊर्जाको विकासपछि विद्यालय तथा त्यसआसपास क्षेत्रमा इन्टरनेट, वाइफाई क्षेत्र बनाइएको र त्यसबाट विद्यार्थी लाभान्वित भएका छन् । 

काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिण भेगमा रहेको उक्त क्याम्पसमा १२ कक्षासम्म इलेक्ट्रिकल, मानविकी तथा वाणिज्यमा स्नातक तहसम्मको अध्यापन गराइन्छ । क्याम्पस प्रमुख नन्दकुमारी महर्जनले विद्यालयमा कक्षा ३ देखि नै कम्प्युटर शिक्षा तथा अङ्ग्रेजी माध्यमबाट पढाइने जानकारी दिँदै विद्यालयमा ७०० तथा क्याम्पसमा १९० विद्यार्थी अध्ययन गर्दै गरेको बताए ।  

क्याम्पसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग हातेमालो गर्दै मैत्रीपूर्ण वातावरणमा विद्यार्थीलाई सीपमूलक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने योजना रहेको बताए ।  

(रासस)

 

प्रतिक्रिया