Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसीको परीक्षाफल सार्वजनिक, नियमति तर्फ ४७ दशमलव ४३ प्रतिशत उत्तिर्ण

शुक्रबार, ०४ असार २०७२

काठमाडौं ४ असार / यसबर्षको एसएलसीको परीक्षाफल  सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले केहिबेर अघि शिक्षा विभागमा पत्रकार सम्मेलन आयोजना गरी परिक्षाफल सार्वजनिक गरेको हो ।

यसबर्षको एसएलसीमा नियमित तर्फ १ लाख ९२ हजार २ सय ६७ परिक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये २१ हजार २ सय ४७ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भए । यसैगरी प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना, दोश्रो श्रेणीमा ७६ हजार ४ सय ८२ जना र तेश्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भए । नियमित तर्फ कुल ४ लाख ५ हजार ३ सय ३८ परिक्षार्थी सहभागि थिए । 

यसैगरी एक्जाम्टेड तर्फ १३ दशमलव ८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एक्जेम्टेड मार्फत परिक्षा दिएका कुल १ लाख ३६ हजार ५१ परिक्षार्थी मध्ये १८ हजार ७ सय ७८ परिक्षार्थी उत्तीर्ण भएका छन् । यसमध्ये दुई जना वशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । 

एसएलसीको नतिजा एडुखवरलाई प्राप्त भइसकेको छ र केहि समयमै प्रकाशित हुनेछ । कृपया प्रतिक्षा गर्नुहोस् । 

  

प्रतिक्रिया