Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

वनविज्ञानमा नियम मिचेर नियुक्ति

सोमबार, १६ बैशाख २०७६

काठमाडौं १६ बैशाख / वनविज्ञान अध्ययन संस्थानमा डिनको सिफारिस र ऐनले तोकेको समयावधिभन्दा बाहिर गएर प्रमुख नियुक्त गरिएको छ । त्रिवि उपकुलपति तीर्थ खनियाँले १० महिना ढिलो गरी प्रेमनारायण खनाललाई प्रमुख नियुक्त गरेका हुन् । 

जेठ २३ मा वीरबहादुर खनालको पदावधि सकिनु एक दिनअघि प्रमुखमा नियुक्तिका लागि डिन प्राडा कृष्णराज तिवारीले कलेजमै कार्यरत ठाकुर सिलवाल, विनोद हेजु र विष्णुप्रसाद देवकोटाको नाम सिफरिस गरेका थिए । खनालको पदावधि सकिएलगत्तै कलेजले निमित्त प्रमुखको जिम्मेवारी सिलवाललाई दिएको थियो ।

त्रिवि ऐन, २०४९ मा रित्त हुने पदमा तीन महिनाभिक्रै नियुत्ति गरिनुपर्ने उल्लेख छ । यस्तै सहकुलपतिको परामर्शमा उपकुलपतिले तीन महिनाका लागि वरिष्ठतम् प्राध्यापकमध्येबाट जिम्मेवारी तोक्न मिल्ने उल्लेख छ । उपकुलपति खनियाँले गत चैत २८ बाट लागू हुने गरी नियुक्त गरेका प्रेमनारायण खनाल वनविज्ञान विषयका प्राध्यापक नभएको प्रजातान्त्रिक प्राध्यापक संघको दाबी छ ।

‘विधि र फ्रक्रिया मिचेर नियुत्ति गर्दा गलत नजिर बसेको छ । त्यो त्रिविले तत्काल सच्याउनु जरुरी छ,’ संघका सचिव विष्णुहरि वाग्लेले भने, ‘खनाल सर वनविज्ञानको विषयका हुनुहुन्न र उहाँलाई चारवर्षे कार्यकालकै जिम्मेवारी दिने नियत हो भने पनि उहाँको जागिरको अवधि तीन वर्षभन्दा बढी छैन ।’ संघले उपकुलपति खनियाँलाई निर्णय सच्याउन माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

कान्तिपुरबाट 

प्रतिक्रिया