Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

कक्षा १२ को परीक्षा सुरु

आइतबार, १५ बैशाख २०७६

काठमाडौं - कक्षा १२ को अन्तिम परीक्षा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र संस्कृत विषयको परीक्षा भएको छ । २६ गते सम्म हुने परीक्षामा साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीका लागि चार लाख २८ हजार ५२ जना विद्यार्थीले फारम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको छ । सातवटा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र पाँचवटा शाखा कार्यालयमार्फत परीक्षाको व्यवस्थापन गरेको बोर्डले जनाएको छ । 

हालै सम्पन्न भएको कक्षा १० कने परीक्षामा प्रश्नपत्र आउट भएपछि बोर्डले सुरक्षा सर्तकता बढाएको दावी गरेको छ । प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

परीक्षालाई मर्यापदत बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जनाएको छ । परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।

कक्षा १२ को परीक्षा सहिए लगत्तै कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ । 

प्रतिक्रिया