Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अब सम्बन्धन लिएका कलेजले राजस्व तिर्नुपर्ने !

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, २० कात्तिक । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले अब बर्षेनी प्रतिविद्यार्थी १५ सय रुपैँया राजस्व बुझाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थासम्बन्धि निर्देशिकामा राजस्व बुझाउने पर्ने व्यवस्था गरेपनि उनीहरुले सरकारलाई राजस्व बुझाउनुपर्ने भएको हो ।

नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका कलेजको झन्डै १ सयको हाराहारीमा छ । सरकारले बर्षेनी करिब आठ हजार विद्यार्थी रहेका त्यस्ता कलेजमा अध्ययन गर्नेविद्यार्थीबाटै झन्डै सवा करोड रुपैयाँ संकलन गर्दै आएको छ। मन्त्रालयले त्यस्ता कलेजले भर्ना भएकामध्ये २० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रबृत्ति उपलब्ध गराउनुपर्ने नियम बनाएको छ। 

मन्त्रालयका उपसचिव केशव अधिकारीले कतिपय कलेजले निर्धारित छात्रबृत्ति उपलब्ध नगराएको गुनासो आएको बताउदैँ त्यस्ता कलेज नवीकरण गर्दा छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीको सम्पूर्ण विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था यसपटक गरिएको जानकारी दिए ।

(आजको गोरखापत्र दैनिकको पृष्ठ ४ मा प्रकाशित समाचार) 

प्रतिक्रिया