Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

करार शिक्षक नियुक्ति अघि इकाईद्वारा स्थानीय सरकारको सिफारिस माग

मंगलबार, १० बैशाख २०७६

काठमाडौं - करारमा शिक्षक नियुक्तिको विषय पेचिलो बन्दै गईरहेको बेला शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले आफ्ना क्षेत्र भित्रका स्थानीय सरकारसँग सिफारिस मागेको छ । इकाई प्रमुख नन्दलाल पौडेलले दरबन्दी मिलानमा कटौटी नहुने अवस्थाका विद्यालयहरुमा करार शिक्षक नियुक्ति गर्न अनुमति दिनु पर्ने भएमा सिफारिस गरी पठाउन भन्दै जिल्ला भित्रका सबै स्थानीय सरकारलाई पत्राचार गरेका हुन् । 

गत बिहीबार शिक्षा मन्त्रालयले शिक्षा तथा मानव श्रोत विकास केन्द्र मार्फत् सबै इकाईहरुलाई करारमा शिक्षक नियुक्त गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन संविधानको मर्म विपरित भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले शिक्षा मन्त्रालयलाई पत्र लेखेर संविधान स्मरण गर्न सम्झाएका छन् ।  

यही बिचमा काठमाडौं इकाईले सम्बन्धित पालिका क्षेत्र भित्र रिक्त रहन आएका दरबन्दीमा  शिक्षा नियमावली २०५९ को नियम ९७ मा भएको व्यवस्थाको हवाला दिदैं विद्यार्थी संख्या र विषय समेतलाई मध्यनजर गर्दै आवश्यक परेमा सिफारिस गर्न भनेको हो । काठमाडौं जिल्लामा एउटा महानगर सहित १० नगरपालिका छन् । 

प्रतिक्रिया