Edukhabar
आइतबार, ०६ असोज २०८१
विदेशमा शिक्षा

देशब्यापी संगठन विस्तार गर्दै ईक्यान

विहीबार, १९ कार्तिक २०७२

काठमाडौं १९ कात्तिक / नेपाल शैक्षिक परामर्श संघ ईक्यानले देशब्यापी रुपमा संगठन विस्तार गर्ने अभियानलाई तिब्रता दिएको छ । राजधानी बाहिर अहिले सम्म कास्कि र चितवनमा मात्रै संघको शाखा रहेकोमा अब क्षेत्रीय रुपमा पूर्व र पश्चिममा शाखा खोल्ने तयारी गरेको ईक्यान अध्यक्ष राजेन्द्र बरालले बताए ।

अब पूर्वमा झापाको विर्तामोड तथा पश्चिममा बुटवललाई केन्द्र मानेर क्षेत्रीय शाखा खोल्ने उनको भनाई छ । पूर्व र पश्चिमका क्षेत्रीय समितिलाई एजुकेशन हवका रुपमा विस्तार गर्ने योजना बनाएका हौंँ, उनले भने संस्थाको विस्तारसँगै सबै क्षेत्रका विद्यार्थीलाई काठमाण्डु सम्मै धाउनु पर्ने बाध्यताको अन्त्य हुने छ ।

विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सिलाई ब्यवस्थित र मर्यादित बनाउन संगठन विस्तार गर्न लागिएको उनको भनाई छ । आआफ्नै तरिकाले परामर्श दिने कन्सल्टेन्सिका कारण ईक्यानको छवि नै धमिलिएकोले ब्यवस्थित गर्नु पर्ने ठहर साथ अघि बढेको उनको भनाई छ ।

अहिले सम्म पूर्वमा विराटनगरमा १, ईटहरीमा १ तथा धरानमा २ वटा कन्सल्टेन्सि इृक्यानका सहकार्यमा आईसकेका छन् । यस्तै बुटवलमा २ वटा कन्सल्टेन्सि ईक्यानसँग सहकार्यमा छन् । औपचारिक रुपमा संगठित गरेपछि कन्सल्टेन्सिको संख्या थप हुने बरालको विश्वास छ ।

ईक्यानको चितवन शाखा २०६७ पुस १९ तथा कास्कि शाखा त्यसको भोलिपल्ट स्थापना गरिएको थियो । यहि विचमा ललितपुरमा पनि नयाँ शाखा खोलिएको छ ।
जिल्ला शाखा आफैं आत्मनिर्भर भएर केन्द्रले हेर्नु नपर्ने भएपछि शाखा विस्तार गर्ने ईक्यानको योजना छ ।

अहिले सम्म ईक्यानमा ३ सय १८ संस्था आवद्ध छन् । शिक्षा मन्त्रालयका अनुसार अहिले सम्म ४ सय ५० संस्थाले कन्सल्टेन्सि सञ्चालनको अनुमति पाएका छन् ।

प्रतिक्रिया