Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

चौतर्फि विरोध पछि परीक्षाको बेला घोषित बन्द स्थगित

विहीबार, १४ चैत्र २०७५

काठमाडौं - आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेकपा विप्लबले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईई दिने विद्यार्थीलाई मर्का परेको भन्दै चौतर्फि विरोध भएपछि नेकपा विप्लबले विज्ञप्ति निकालेर उक्त बन्द स्थागित गरेको जनाएको हो ।

शुरुमा उक्त समूहले विद्यार्थीलाई बाधा नपरोस् भन्दै शनिवार बन्द घोषणा गरेको जनाएको थियो । तर उक्त दिन पनि परीक्षा भएकोले विद्यार्थीलाई मर्का पर्ने भन्दै आलोचना भएको थियो । 

पढ्नुहोस् : विद्यार्थीलाई 'बाधा नपरोस्' भन्दै परीक्षाकै दिन बन्द

यसैबीच बुधबार मात्रै राष्ट्रिय मानव अधिकार आयोगले पनि बन्दले शिक्षा, लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भएकोले परीक्षाका बेला बन्द नगर्न आग्रह गरेको थियो । बन्दले विद्यार्थीलाई मर्का पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डले पनि बन्द नगर्न आग्रह गरेको थियो । 

सोही दिन नेपाल बार एशोसिएसनको अधिवेशन समेत परेकाले बन्द फिर्ता लिन आग्रह गरिएको थियो । यी सबै आग्रहलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टिका नाताले बन्द स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । 

उक्त पार्टि र उसका भातृसंगठनले गरेको बन्दका कारण यो शैक्षिक सत्रमा मात्रै ७ दिन विद्यार्थीको पढ्न पाउने हक खोसिएको छ । 

प्रतिक्रिया