Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

विद्यालयमा शिक्षक चरम अभाव, करारमा नियुक्ति गर्ने तयारी

विहीबार, १४ चैत्र २०७५

काठमाडौं १४ चैत / शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएपछि विद्यालयका विभिन्न विषयको पठन पाठन नै ठप्प हुने अवस्थामा पुगेपछि सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।

विद्यालयका प्रधानअध्यापकले फेल भएका शिक्षक स्वतः अवकास हुने भन्दै हाजिर रजिष्टरमा रातो लगाउन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको हो ।

कतिपय विद्यालयका प्रअले अनुतिर्ण भएका शिक्षकलाई नआउन निर्देशन दिइसकेका छन । तर वार्षिक परीक्षा भैरहेको अवस्थामा शिक्षकलाई विदा गर्दा विद्यार्थीको प्रश्नपत्र कस्ले परीक्षण गर्ने ? विषयमा समस्या परेको छ ।

शिक्षक सेवा आयोगबाट छनौट भएका स्थायी शिक्षकको पदस्थापनासँगै करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने अवस्थामा पुगेका हुन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अनुतिर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्नु भन्दापनि संघ , प्रदेश र स्थानीय तहले विद्यालय व्यवस्थापन समिति मार्फत नयाँ शिक्षक नियुक्ति गर्नु उपयुक्त हुने दावी गर्नुभयो ।

उहाले भन्नुभयो–ऐनमा अनुतिर्ण भएका शिक्षकलाई पुन नियुक्ति दिनुभन्दा नयां व्यवस्था गरेर करारमा लिने व्यवस्थाको तयारी गरेका छांै । अनुतिर्ण भएका शिक्षकलाई पुन करारमा नियुक्ति गर्दा समस्या आउने भएपछि स्थानीय तहलाई अधिकार दिएर विद्यालय ब्यवस्थापन समिति मार्फत नयां शिक्षक नियुक्ती गर्ने उपायको खोजी गरिरहेका छौं–मन्त्री पोखरेलले भन्नुभयो ।

अब विद्यालयलाई सुधार गर्न गुणस्तरीय शिक्षक आवश्यक छ, त्यसैले पुरानालाई करारमा नियुक्ति गर्नुभन्दा नया विकल्प खोज्दैछौ–उहाको भनाई थियो । शिक्षक अभावलाई पुर्ति गर्न शिक्षक सेवा आयोगले तत्काल परीक्षा संचालन गर्ने व्यवस्था गर्नु उपयुक्त हुने उहाको भनाइ थियो ।

‘आयोगको अन्तिम नतिजा आउने बित्तिकै अस्थायी शिक्षकहरु स्वतः अवकासमा जाने हुँदा विद्यालयमा शिक्षक रिक्त हुन थालेपछि समस्यामा परेको मन्त्रालयले तत्काल शिक्षक व्यवस्थापन गर्ने गृहकार्य थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुन विद्यालयमा कति शिक्षक अपुग छन भन्ने विषयमा तथ्याङक संकलन शुरु गरेको छ ।

केन्द्रका शिक्षक व्यवस्थापन शाखा निर्देशक नगेन्द्र रेग्मीले शैक्षिक सत्र आउनै लाग्दा विद्यालयमा शिक्षकको हुन नदिन नयाँ विकल्प खोजी भइरहेको जानकारी दिनुभयो । केन्द्रले साउन सम्म नया शिक्षकलाई करारमा नियुक्ति गर्ने योजना बनाएको छ ।

करिब १० हजार शिक्षक एकैपल्ट बिदा हुँदा विद्यालयको पठन पाठनमा गम्भीर असर पर्ने भएकोले तीन महिनासम्मका लागि करारमा नियुक्ति गर्न लागिएको केन्द्रका महानिर्देशक वावुराम पौडेलले बाउनुभयो ।

आयोगले २२ हजार ७६ पदमा कार्यरत अस्थायी शिक्षकका लागि विज्ञापन गरेकोमा २३ हजार ३ सयले फारम भरेका थिए । ऐन अनुसार परीक्षा रोजेर सफल हुन नसेकेका र सुविधाका लागि फारम भरेका अस्थायी शिक्षकले सुविधा पाउँछन् । तथ्याङक अनुसार प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकास पाउने भएका छन् । प्राथमिक तहमा सुविधाको लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० छन । आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार ८ सय ३५ छ ।

मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको करिब संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले अवकासको सुविधा पाउने भएका छन् ।
निमावि तहमा सुविधाको लागि आवेदन दिने शिक्षकको संख्या १ हजार ६ सय ६५ रहेका छन् । निमाविमा आयोगको परीक्षामा असफल हुने शिक्षकको संख्या २ हजार ३ सय ९२ छ । निमावि तहमा ४ हजार ५७ जना शिक्षकले अवकासको सुविधा पाउने भएका छन् । केन्द्रले सबै तहका शिक्षक बाहेक परीक्षामा अनुतिर्ण भएका करिब १० हजार शिक्षकले पढाउन पाउनेछैनन ।

मन्त्रालयले करारमा शिक्षक नियुक्ति गर्ने नेपाल शिक्षक महासंघका पदाधिकारीसंग हिजो बुधबार भएको छलफलमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयको करारमा लिने वा अन्य विकल्प खोज्ने भन्ने विषयमा दुई दिनभित्र निर्णय गर्ने बताउनुभएको थियो । महासंघका अध्यक्ष वावुराम थापाले परीक्षामा असफल भएका अस्थायी शिक्षक स्वतः अवकाश हुदाँ अधिकांस विद्यालयको पठन पाठनमा समस्या परेको बताउनुभयो ।

विद्यालयमा शिक्षक नभएपछि गम्भीर समस्या परेको छ, मन्त्री संगको छलफलमा दुई दिनभित्र टुङोमा लैजाने निर्णय भएको छ । मन्त्रालयले छलफल गरी असफल भएका शिक्षकलाई करारमा राख्ने वा नराख्ने विषयको निर्णय मन्त्रालयले गर्ने भएको छ ।

मन्त्रालयले निर्णय गरेलगत्तै शिक्षा समन्वय इकाइ र स्थानीय तहलाई निर्देशन दिन सक्छ । करारमा शिक्षक राख्ने अधिकार स्थानीय तह मार्फत विद्यालय व्यवस्थापन समितिलाई दिन सक्छ ।

उता सुविधा रोजेका र अनुतिर्ण भएका शिक्षकलाई सुविधा दिन करिब १० अर्ब रुपिया बजेट आवश्यक पर्नेछ । केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको तथ्याङ अनुसार मावि तहका सबै शिक्षकलाई अवकास दिन १ अर्ब ३९ करोड, निमावि तहका लागि १ अर्ब ४४ करोड र प्रावि तहका लागि ६ अर्ब ७२ करोड रुपिया लाग्ने उल्लेख गरेको छ ।

केन्द्रका महानिर्देशक वावुराम पौडेलले २७ हजार ७ सय ५१ शिक्षकका लागि १० अर्ब रुपिया अनुमान गरी मन्त्रालयमा पेश गरेको जानकारी दिनुभयो । शिक्षकको सुविधा दिन विद्यालय शिक्षक किताब खानासंग करिब ५ अर्ब रुपिया छ । थप बजेटको विषयमा अर्थमन्त्रालयसंग छलफल भैरहेको छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया