Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

१५ जिल्लामा सघन भर्ना अभियान

बुधबार, १३ चैत्र २०७५

काठमाडौं १३ चैत / सरकारले १५ जिल्लामा सघन भर्ना अभियान सञ्चालन गर्ने भएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गर्दै शैक्षिकसत्र–२०७६ मा ती जिल्लामा सघन अभियान सञ्चालन गर्न लागेको हो। वैशाख १ गतेबाट नयाँ अभियान शुरू हुने भएको छ। स्थानीय तहको सहयोगमा सरकारले भर्ना अभियान सञ्चालन गर्न लागेको हो।

देशभर करिब ५९ हजार विद्यालय उमेर समूहका बालबालिका विद्यालयबाहिर रहेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियान डेक्स स्थापना गरी अभियान सञ्चालन गर्न लागेको हो। १५ जिल्लासँगै विद्यार्थी भर्ना दर कम भएका १ सय ३६ गाउँपालिकामा समेत अभियान सञ्चालन गर्न लागेको हो। केन्द्रले स्थानीय निकायलाई बजेट विनियोजन गरी विद्यार्थी भर्ना गर्न आ≈वान गर्ने भएको छ।

तथ्याङ्कअनुसार तराईका ६ जिल्लामा सबैभन्दा धेरै बालबालिका विद्यालयबाहिर रहेका छन्। भर्ना अभियान र प्रारम्भिक बाल विकास शाखा उपनिर्देशक उत्तरकुमार पराजुलीले तराईका रौतहट, पर्सा, बारा, महोत्तरी, सिराहा, धनुषा, डोल्पा, जुम्ला, डोटी, रोल्पा, बझाङ, अछाम, जाजरकोट र बाँकेमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार ती बालबालिकालाई कसरी विद्यालयमा ल्याउन सकिन्छ भन्ने विषयमा नीति निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भर्ना अभियानमा गैरआवासीय नेपाली संघ ९एनआरएन०को समेत सहभागिता रहने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विश्वका ७७ देशमा कार्यालय रहेको एनआरएनले नेपालमा भर्ना अभियानलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरेको छ। एनआरएनले पहिलो चरणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको गृहजिल्ला महोत्तरीमा सहभागिता जनाउने भएको छ।
मन्त्रालयसँग भएको सम्झौतामा एनआरएनले आउँदो शैक्षिक सत्र–२०७६ मा देशका थुप्रै जिल्लामा भर्ना अभियानलाई सहयोग गर्ने निर्णय गरिसकेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया