Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

पूरकको परीक्षा साउन २० गते देखि (रुटिन सहित)

शुक्रबार, ०४ असार २०७२

Image result for एसएलसी पूरक परीक्षाभक्तपुर ४ असार / एसएलसीमा दुई विषय सम्म फेल भएका विद्यार्थीले दिन पाउने पूरक परीक्षा साउन २० गते बुधबार देखि हुने भएको छ । यस बर्ष पूरक परीक्षामा १ लाख २४ हजार ४ सय ३६ जना सहभागि हुँदैछन् । कूल परीक्षार्थी मध्ये ५५ हजार ५ सय ५५ विद्यार्थी एक विषयमा फेल भएका छन् । यस्तै दुई विषय फेल हुने विद्यार्थीको संख्या ६८ हजार ८ सय ८१ छ ।

माध्यामिक शिक्षा उत्तिर्ण परीक्षा समितिको बैठकले यस बर्ष ५ नम्बर ग्रेस दिने निर्णय गरेको थियो । यसरी दिएको ग्रेसका कारण १८ हजार २ सय ६० जना विद्यार्थी उत्तिर्ण भएका थिए । गत बर्ष पनि ५ नम्बर नै ग्रेस दिएको थियो ।

पूरक परीक्षाका लागि निम्न अनुसार रुटिन तय गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

साउन २०  अनिवार्य अंग्रेजी

साउन २१ नेपाली

साउन २२ गणित

साउन २३ विज्ञान

साउन २४ सामाजिक शिक्षा

साउन २५ जनसंख्या, स्वास्थ्य तथा वातावरण

साउन २६ ऐच्छिक प्रथम

साउन २७ ऐच्छिक द्धितीय

पूरक परीक्षा दिने विद्यार्थीका लागि सदरमुकाममा मात्रै परीक्षा केन्द्र तय गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया