Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

आयोग उतिर्ण शिक्षकहरुको नियुक्ति प्रकृया शुरु

बुधबार, १८ कार्तिक २०७२

काठमाडौ १८ कात्तिक / शिक्षा विभागले शिक्षक सेवा आयोग उतिर्ण गरेका माध्यामिक तहका शिक्षकहरुको पोष्टिङ प्रकृया शुरु गरेको छ । आयोग उतिर्ण उम्मेद्वारको नियुक्तिको प्रकृया शुरु गर्न विभागले पाँचै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिएको छ ।

विभागका निर्देशक खगेन्द्र नेपालले मंगलबार देखि नै प्रक्रिया शुरु गरिसकेको र सकेसम्म यही महिनाभित्र पोष्टिङ गरिसक्ने बताए । 'शिक्षकहरुको पोष्टिङ प्रक्रिया शुरु भइसकेको छ' उनले भने, 'सम्भवतः यही महिना भित्र सकिन्छ ।'

आयोगले गत असार २५ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षा पास गरेका उम्मेद्वारहरुको अन्र्तवार्ता गत असोज ८ र ९ गते भएको थियो । निम्न माध्यामिक तहको शिक्षकका लागि हुने अन्र्तवार्ता भने कात्तिक २० गतेबाट हुने छ । आयोगले लिएको परिक्षामा उतिर्ण भएका करिब १३ सय शिक्षकहरु पोष्टिङको पर्खाइमा थिए । 

आयोगले गत कात्तिक १ गते नै उत्तीर्ण उम्मेद्वारहरुको सिफारिस गरे पनि विभागले समयमै उनीहरुको पदस्थापना गर्न नसेकको भन्दै आलोचना हुँदे आएको थियो ।
आयोग उत्तीर्ण शिक्षकको नियुक्तिमा ढिलाई


प्रतिक्रिया