Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

स्नातक तहको परीक्षाफल अन्यौलमा

बुधबार, १८ कार्तिक २०७२

काठमाडौं १८ कात्तिक / त्रिभुवन विश्वविद्यालय अन्र्तगत सञ्चालित स्नातक तहका विभिन्न विषयको नतिजा अन्यौलमा परेको छ । पहिलो र दोश्रो बर्षको कापी कलेक्सन समेत हुन सकेको छैन ।

भदौमा सकिएको दोश्रो बर्ष र असोजमा सकिएको पहिलो बर्षको सबै विषयको कापी अहिले सम्म कलेक्सननै हुन नसकेको हो । कार्यालयमा जम्मा भएका दोश्रो बर्षको कापी परीक्षणका लागि विभिन्न जिल्लामा पुर्याउने र पहिलो बर्षको कापी कलेक्सन गर्दै फर्कने चलन थियो । तर यस पटक आन्दोलन र ईन्धन अभावलाई कारण देखाएर कार्यालयले कामै गरेको छैन । कार्यालयले अन्य बैकल्पिक ब्यवस्थाका बारेमा पनि कुनै योजना बनाएको छैन ।

वीएड तेश्रो बर्षको त टिचिङ् प्राक्टिसको नम्बर नै परीक्षा नियन्त्रण कार्यालयमा आईपुगेको छैन । टिचिङ् प्राक्टिस गरेका विद्यार्थीको नम्बर सम्बन्धित क्याम्पस मार्फत डीन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने हुन्छ । तर, विभिन्न जिल्लामा भईरहेको आन्दोलनलाई देखाएर अहिले सम्म नम्बर प्राप्त गर्नै नसकेको डीन कार्यालयले जनाउँदै आएको छ । तेश्रो बर्षको परीक्षा असारमै भएको थियो ।

विज्ञान विषयको नतिजा साउनमै प्रकाशित भएको थियो भने र मानविकिको नतिजा दशैं अघि प्रकाशित भएको थियो । तर बीएड र वीवीएसको नतिजा सार्वजनिक हुन बाँकी छ । 'हाम्रो हातमा मात्रै भएका विषयको नतिजा हामीले समयमै गरेकै हौं, तर डीन कार्यालयबाट नम्बर नआएर नतिजा निकाल्न सकेनौं' नियन्त्रक केशब बास्तोलाले भने, 'हामीले मात्रै तातेर भएन ।'

वीवीएसको नतिजा प्रकाशनको तयारी भने भईरहेको उनले बताए । 'देशकै अवस्था यस्तो छ, डिजल पेट्रोल छैन, समयमा कापी आउनै सकेन र ढिलो भयो' उनले तराई आन्दोलन र ईन्धन अभावलाई दोष दिएर पन्छिए । 

प्रतिक्रिया