Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

इन्धन अभावले पाठ्यपुस्तक छपाई ठप्प

बुधबार, १८ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । इन्धन अभावले गर्दा कर्णाली अञ्चलका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय शिक्षा कार्यालय नेपालगञ्जले पाठ्यपूस्तक छपाई गर्न सकेको छैन् । इन्धनकै कारण पनि गादाममा अहिलेसम्म पूस्तक मौज्दात गरिसक्नपर्ने भएपनि गरिएको छैन् । 

कात्तिक महिनाको  आधा समय वितिसक्दा पनि पूस्तक ढुवानीको टुंगो छैन् । इन्धन अभावले छपाई कागज नपाउँदा जनक शिक्षाको केन्द्रिय कार्यालय नै पूस्तक छपाईको विषयमा अन्योलमा रहँदा क्षेत्रीय कार्यालयका गोदाममा मौज्दात गर्न नसकिएको हो । 

कर्णाली अञ्चलमा  मुगुबाहेक जुम्ला, कालिकोट, डोल्पा र हुम्लामा जनक शिक्षाले मंसिरसम्म नयाँ शैक्षिक सत्रका लागी नयाँ पुस्तक पठाइसक्नुपर्छ । पुस र माघ महिनाभर हिउँ जन्भे भएका कारण पाठयपुस्तक विक्री वितरण गर्न किठनाइ हुने भएकाले अगाडी नै पुगाउने गरिएको जनक शिक्षाका क्षेत्रीय प्रबन्धक रवीन्द्र शर्माले बताए ।

जनक शिक्षा क्षेत्रीय कार्यालयले डोल्पा र हुम्लाका लागी सदरमुकामसम्म हवाइजहाज र जुम्ला तथा कालिकोटमा सदरमुकामसम्म स्थलमार्गबाट पुस्तक  ढुवानी गर्ने गर्दछ । 

(आजको नागरिक दैनिकमा पृष्ठ ५ मा अर्जुन ओलीले समाचार लेखेका छन्।)

प्रतिक्रिया