Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

युनेस्को महासभाका लागि शिक्षामन्त्री पेरिस प्रस्थान

बुधबार, १८ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ३८ औँ महासभामा भाग लिन मंगलबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।विश्वका शिक्षामन्त्री र विषयगत प्रतिनिधि सहभागी हुने सभामा मन्त्री पोखरेलले पाँच सदस्यीय नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार सभामा ‘सबैका लागि शिक्षा’ को सहस्राब्दी विकास लक्ष्य र सन् २०१५ पछिको शिक्षाको विकास लक्ष्यबारे छलफल हुनेछ ।  टोलीमा युनेस्को नेपालका निमित्त राष्ट्रिय सचिवालयका उपमहासचिव डा कमलेषकुमार सिन्हा, उपसचित बलराम तिमल्सिाना लगायत छन् । मन्त्री पोखरेल यही कात्तिक २५ गते स्वदेश फर्कने कार्यक्रम छ । 

 

 

 

प्रतिक्रिया