Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ

मंगलबार, १७ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । धनुषामा एमबिबिएसको पुरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी भारत मधुवनीका २५ वर्षका मोहम्मद अफताव आलम मंगलबार पक्राउ परेको प्रहरीले जनाएको छ । 

 अफताव इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हरिहर ढकालले जानकारी दिए । परीक्षा सुरु भएको २० मिनेटमै अफतावले उत्तरपुस्तिका बुझाएपछि शङ्का लागेर छानविन गर्दा नक्कली परीक्षार्थी भन्ने थाहा भएको प्रहरीले जनाएको छ ।  

(रासस)

प्रतिक्रिया