Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

मेडिकल कलेजमा मनपर्दी भर्ना 

मंगलबार, १७ कार्तिक २०७२

काठमाडौँ, १७ कात्तिक । एमबिबिएस तहमा मेरि (योग्यताक्रम) का आधारमा विद्यार्थी भर्ना गर्ने सरकारी निर्णयविपरित विश्वविद्यालयहरुकै संलग्नतामा मेडिकल कलेजहरुले मनपरी शुल्क लिएर जथाभावी विद्यार्थी भर्ना गराएका छन् ।

चिकित्सा शिक्षा पढ्न विद्यार्थी छनोटदेखि नै गुणस्तर कायम गर्न र मनपरी शुल्क हटाएर कम विपन्न समुदायका योग्य विद्यार्थीको समेत मेडिकल शिक्षामा पहँुुच पुर्याउन भन्दै सरकारले मेरिट  भर्ना र ुशुल्क सीमा तोक्ने निर्णय गरेको थियो । 

चिकित्सा शिक्षासम्बन्धि माथेमा कार्यदलको प्रतिवेदन अनुसार मन्त्रीपरिषदको सामाजिक समितीले असोज १ गते यस्तो निर्णय गरेको थियो । ुुसो आधरमा शिक्षा मन्त्रालयले असोज ५ गते नै विश्विविद्यालय र प्रतिष्ठानलाई निर्यय कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो । 

सरकारको निर्णयविपरित सबैभन्दा बढी मेकिडल कलेजलाई सम्बन्धन दिएको काठमाण्डौ विश्वविद्यालय (केयु)ले नै निर्णय कार्यन्वयन गरेको छैन् । केयुले विश्वविद्यालयले लिएको प्रवेश परिक्षाको मेरिट सुचीलाई पन्छाएर भर्नाको अधिकार कलेजलाई दिएको छ।  आइओमले भने शुरुमा अटेरी गरेपनि दबाबपछि मेरिटकै आभारमा भर्ना गर्ने जनाएको छ । 

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया