Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविको खुल्ला तथा दुर शिक्षामा विद्यार्थी बढेनन्

मंगलबार, १७ कार्तिक २०७२

काठमाडौँ, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयले घरमै बसेर स्नातकोत्तर तहको डिग्री लिनसक्ने व्यवस्था गरे पनि विद्यार्थीको संख्या भने न्युन रहेको छ। त्रिवीको शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा खुला तथा दुर शिक्षा कार्यक्रम विस्तार गरेपनि विद्यार्थी संख्या कम देखिएको हो ।

उच्च माध्यामिक तहसम्म अध्यापन गराउदै आएका तर तालिमप्राप्त नभएका शिक्षकलाई लक्षित गरी शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा त्रिविले त्यस्तो कार्यक्रम सञ्चालन गरेको छ । देशभर तालिमप्राप्त नभएका १४ हजार भन्दा बढी शिक्षक छन् । तर खुल्ला तथा दुर शिक्षा कार्यक्रम सेमेस्टार सञ्चालन भएको शिक्षकहरु सुचना प्रविधिप्रति साक्षात्कार नभएको र  सम्पर्क केन्द्रमा  धाइरहनुपर्ने भएकोले बढी प्रवाकारी हुन नसकेको हो । 

त्रिविले ६ वता केन्द्रमा भर्ना हुने व्यवस्था गरेको छ। डडेलधुरा, सुर्खेत, बुटवल, गोरखा, सानोठिमी, सिरहा र बुटवल केन्द्र रहेका छन् । त्रिविका आंिगक क्याम्पसका शिक्षकलाई तालिम दिएर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

(आजको नयापत्रिका दैनिकमा पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया