Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भूकम्पले भत्काएका विद्यालय बनाउन आर्थिक सहयोग

सोमबार, १६ कार्तिक २०७२

Image result for असुरक्षित

काठमाडौं १६ कात्तिक / चितवनमा भूकम्पले भत्काएको विद्यालय भवन पुनःनिर्माणका लागि फ्रान्समा बस्ने नेपालीले सङ्कलन गरेको रु एक लाख बढी सहयोग गरेका छन् । जिल्लाको बिकट पहाडी गाविस लोथरको स्याम्राङस्थित दुङ्वाङ प्राविको भवन निर्माणका लागि सङ्कलित ९१० युरो ९करिब रु एक लाख ४ हजार० सहयोग गरिएको हो ।

‘हामीले नगरे कसले गर्ने रु’ संस्थाका फ्रान्स प्रतिनिधि किशोर आचार्यको संयोजनमा सो रकम सङ्कलन गरिएको हो । आचार्यले उक्त रकम अभियानका अध्यक्ष राजेश घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत चितवनका केही पत्रकारहरुको अगुवाइमा ‘हामीले नगरे कसले गर्ने रु’ अभियान सञ्चालन गरिएको थियो । सो जानकारी पाएपछि चितवनको रत्ननगर नगरपालिका निवासी आचार्यले यसै अभियानमार्फत पुनःनिर्माणमा सहभागी बन्ने सोच बनाएको बताउनुभयो ।

यस अभियानमा फ्रान्सका नागरिक इना डोमेन्गेट, जुलिई डोमेन्गेट, भेरोनिक, अर्तुस तथा एइक्स लेस वाइन्स, फ्रान्सका अन्यले सहयोग गरेको आचार्यले जानकारी दिनुभयो ।

उहाँले ‘हामीले नगरे कसले गर्ने रु’ संस्थाका गतिविधि र गर्न लागेका कामबारे सामग्री तयार पारेर प्रोजेक्टरमार्फत विदेशीलाई देखाएर सहयोग सङ्कलन गर्नुभएको थियो ।

आचार्यले फ्रान्स फर्किएलगत्तै पुनः यस कार्यलाई निरन्तरता दिँदै थप सहयोग सङ्कलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राजेश घिमिरेले विद्यालय भवन निर्माणको प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
विद्यालयको भवन निर्माणका लागि रु १५ लाखभन्दा बढी खर्च लाग्ने छ । भवन निर्माणका लागि जापान र अमेरिकामा पनि सहयोग सङ्कलन भइरहेको छ । करिब रु १० लाख रकम जोहो भइसकेको छ । साथै भवन निर्माणकै लागि संस्थाको लोगो अङ्कित टिसर्ट बिक्री अभियान पनि जारी छ ।

भूकम्पले विद्यालयको भवन भत्काएपछि सो विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । यस विद्यालयमा १६४ जना चेपाङ बालबालिका अध्ययन गर्छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया