काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको विरोधकै बीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिएको छ । सभाको बैठक शुरु हुनासाथ काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपनि अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिनिधि सभाबाट शन्देश सहित प्राप्त विधेयकमा दफाबार छलफलको प्रस्ताव टेवुल गर्ने समय दिएका थिए ।
विपक्षी सांसदले उठेर विरोध जनाईरहे पनि शिक्षा मन्त्रीले गरेको प्रस्तावमा संशोधन कर्ता सांसदलाई अध्यक्षले बोल्ने समय दिएका छन् । सत्ताधारी घटक राजपाका सांसद वृषेषचन्द्र लालले आफ्ना ेसंशोधन प्रस्तुत गर्दै विधेयकलाई थप छलफलका लागि विधायन समितिमा पठाईयोस् भनि माग ग रेका छन् ।
यस अघि काँग्रेसका सांसद जितेन्द्र नारायण देवले राज्यले नै गरेको सहमती कार्यान्वयन नगरी विधेयक पारित गर्नुले लोकतन्त्रको मूल्य मान्यता र राजनीतिक नैतिकता माथि प्रश्न उब्जाएको बताएका थिए ।
'यो सैद्धान्तिक प्रश्न नेपाली राजनीतिमा बारम्बार दोहोरिएको छ, राज्य वा सरकारले कुनै विद्रोही वा क्रान्तिकारीसँग सम्झौता गर्छ तर लागू गर्दैन भने आम नागरिकले राज्यलाई कसरी विश्वास गर्छ ?' प्रश्न गर्दै उनले भने 'सम्झौता गर्ने तर बेहईमानी गर्ने परम्परालाई अन्त्य गर्ने की नगर्ने ? राज्यलाई चेतावनी दिन्छु सजग पनि बनाउँछु सबै विद्रोही एकै ठाउँमा आए भने राज्यलाई डिरेल गर्छ ।'
केसीसँग साउन १० गते भएको सहमती पत्र देखाउँदै उनले राजनीतिक नैतिकता माथिको अवमूल्यन रोक्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सभा परिपक्क भएकोले अलग ढंगले सोच्नु पर्ने भन्दै उनले प्रतिनिधि सभामा कहीँ कतै गल्ती भएको छ भने पनि सुधार्ने मौका रहेको बताउँदै त्यस तर्फ सभा केन्द्रित गर्न माग गरेका थिए ।
यस अघि काँग्रेसले प्रतिनिधि सभा पनि अवरुद्द गरेको थियो । पढ्नुहोस् : अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले केसीसँग छलफल नगरेको आरोप
प्रतिक्रिया