काठमाडौं - चिकित्सा शिक्षाको वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग यस अघि भएको सहमतीकै आधारमा चिकित्सा शिक्षा विधेयक तयार गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले संशोधन दर्ता गराएका छन् । एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्रै सम्बन्धन दिनु पर्ने लगायतका केसीका मागलाई सम्बोधन गर्दै काँग्रेसका सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले संशोधन दर्ता गराएका संसद सचिवालयले जनाएको छ ।
सत्ताधारी घटक राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा आफ्नो संशोधन दर्ता गराईसकेका छन् ।
केसीसँग कुनै छलफलनै नगरी सरकारले प्रतिनिधि सभाबाट पेलेरै उक्त विधेयक पारित गरेको थियो । गत सोमबार उक्त विधेयक राष्ट्रिय सभामा पुगेको छ । बिहीबारको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।
यस बीचमा गत २३ दिन देखि सत्याग्रहमा रहेका केसीसँग कुनै छलफल नै नगरेको सरकारले राष्ट्रिय सभामा पनि प्रतिनिधि सभाको जस्तै बुहमतकै आधारमा पेलेरै विधेयक पारित गर्ने तयारी गरेको छ ।
यो पनि पढ्नुहोस् : सम्यक विवेकको अपेक्षा
प्रतिक्रिया